नेकपा एमालेले आज नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिक गर्ने भएको छ। पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले वेबसाइट र एप सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहित अन्य नेताहरूको समेत सहभागिता रहने बताइएको छ।


















