प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्ने भएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा सेबोनका अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल र नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन्।


















