एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको आरोप लगाएका छन् ।
पार्टीको संसदीय मामिला विभागले आइतबार केन्द्रीय कार्यालय च्यासलमा गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएका हुन् । लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भए पनि अहिले सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने षड्यन्त्रबाट सुरु भएको उनको भनाइ छ ।
‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्, तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीको आधारबाट बनेको हो,’ ओलीको भनाइ थियो ।


















