अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूको सहभागितामा बैठक सुरु भएको हो ।

अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।