अमेरिकाले लगातार नवौँ रात इरानमाथि हवाई आक्रमण गरेको छ । होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्न प्रयोग भइरहेको इरानको सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमान्डले बताएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले नयाँ आक्रमणको घोषणा गरेको केही समयपछि इरानका दुई प्रमुख बन्दरगाहसहित पाँचवटा सहरमा शक्तिशाली विस्फोटका आवाज सुनिएको स्रोतले जनाएको छ।


















