बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान

नेपाली कांग्रेसले बीपी स्मृति दिवसको दिन साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ । कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘ग्रिन रन’ प्रतियोगितामा सहभागी हुन आम नागरिकलाई निमन्त्रणा गरेका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।