उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेको भन्दै उपभोक्तालाई अनावश्यक सञ्चिती नगर्न आग्रह गरेकी छन्।
नेपाल आयल निगमले १४.२ किलो पूर्ण तौलको सिलिन्डर बजारमा पठाउन थाले पनि डिलरबाट सहज रूपमा ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो छ।
उपभोक्ताले अझै पनि ग्यासका लागि तीन–चार दिनसम्म पालो कुर्नुपर्ने अवस्था छ। सहज आपूर्ति नभएपछि कतिपयले घरमा रहेका खाली सिलिन्डरसमेत भरेर राख्न थालेका छन्।


















