अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै छन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलमा बोलाएका हुन् ।

दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन् ।