प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद आउन रोक लगाउन एमाले सांसद पोखरेलको माग

नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोशाक अनिवार्य गर्न माग गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेको हो । उनले संसदमा टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोसाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताए ।

उनले बैठकमा सांस्कृतिक पोशाक वा राष्ट्रिय पोसाक अनिवार्य उगर्न सभामुखको ध्यानाकर्षण गराउनु भयो । सांसद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीलाई टिसर्ट लगाएर आए संसद प्रवेशमा रोक लगाउनुपर्ने माग गरे । उनले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरे । उनले भने, ‘सन् २०२१को फेब्रुअरी ९ मा न्युजिल्याण्डको संसदमा रविरी वैतिती नामका सांसदले उपनिवेशिक पासो भन्दै टाई लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सदनबाट निष्काशन गरिएको थियो । सन् २०२३ मा क्यानडाको संसदमा पोसाकसम्मिता लागु गर्न संसदीय रुलिङ भएको थियो ।

संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक वा औपचारिक पोसाक अनिवार्य गरियोस् । प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस् । संसदको लोगो कोट, हाफ कोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदीमा लगाउन रोक लगाइयोस् । संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु ।’

उनले न्यूजिल्याण्ड र क्यानडाको संसदमा पोशाक सम्बन्धीको नियम तथा रुलिङको उदहरण समेत प्रश्तुत गर ।