पार्टी मिसन जागरण अभियान चलाउँदै एमाले

एमालेले पालिका र वडाकेन्द्रित पार्टी मिसन जागरण अभियान अघि बढाएको छ । पार्टी सदस्यता नवीकरण गर्दै आगामी प्रदेश सभा र स्थानीय तह निर्वाचनसम्म लक्षित गरेर एमालेले डेढ महिनादेखि देशैभर मिसन जागरण अभियान चलाएको हो ।

अभियानमा ३०१ केन्द्रीय कमिटी सदस्यसहित, पार्टीका केन्द्रीय निकायका सदस्य र सल्लाहकार, प्रदेश तहका नेता–कार्यकर्तालाई पालिका नै तोकेर केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।