प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् ।
स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद् सचिवालयलाई स्वास्थ्य प्रतिवेदनसहितको पत्र पठाएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शाहले पठाएको स्वास्थ्य रिपोर्ट अनुसार उनको आँखामा उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या छ ।उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएको रिपोट सचिवालयलाई पठाएका हुन् ।


















