रसुवा बाढी : शव पहिचान गर्न आफन्तले कसरी दिने डीएनए नमुना ?

बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेकाहरूलाई डीएनए जाँचका लागि नमुना दिन सक्ने जानकारी प्रहरीले दिएको छ । अहिले फेला परेका शव तथा शरीरका अंग आफन्तको हो कि भनी डीएनएको जाँच गर्न चाहेमा तोकिएको स्थानमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको हो ।

डीएनए जाँचका लागि रगतको नाता पर्ने व्यक्तिको रगतको नमुनासहित महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालको ल्याब र नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीको अनुरोध छ । जसको रगतको नमुना संकलन गर्ने हो उसको २ प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार यदि हराइरहेका व्यक्तिको आफन्त विदेशमा भएको खण्डमा उनीहरूले बाबु, आमा, छोरा र छोरीमध्ये कोही एक जनाको विदेशमै डीएनले प्रोफाइलिङ गरी पठाउन सक्नेछन् । यसरी विदेशमा गरिएको डीएन प्रोफाइलिङको सफ्टकपी नेपाल प्रहरीको इमेल: dnacodis@nepalpolice.gov.np मा पठाउन अनुरोध गरिएको छ ।

बाढीमा परी मृत्यु भएका ९०० बढीको शव फेला परिसकेको छ भने ४ हजार भन्दा बढी हराइरहेका छन् ।