राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । साेमबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका थिए ।
भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् ।
सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीले दिएको जानकारीअनुसार उनले पछि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका हुन् ।


















