बाढीप्रभावित तीन जिल्लामा नेपाली कांग्रेसकाे वडा अधिवेशन नहुने भएको छ । सभापति गगन थापाले रसुवा बाढीपछि रसुवा, धादिङ र नुवाकोट जिल्लाका वडा अधिवेशन निर्धारित समयमा हुन कठिन रहेको बताएका हुन् ।
‘अधिवेशनमा काम गर्नैपर्छ । तर, हामी विपत्तिमा छौँ । धादिङ, रसुवा र नुवाकोटमा वडा अधिवेशन हुन सक्ने अवस्था छैन । नियमित वडा अधिवेशन गर्न सक्ने अवस्था देखिनँ, सम्भव छैन,’ थापाले भने, ‘वैधानिक बाध्यता छ । तर, यसलाई मिलाउनुपर्छ । यो बैठकले एउटा टुंगो लगाउँछ ।’


















