बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।


















