ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७, च्यानमस्थित श्री प्रबुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा भएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन्। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले संकलन गरेको कुल ९ हजार २ सय २५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
रसुवाको भोटेकोशी क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो तर्फबाट रकम संकलन गरी सहयोग गरेका हुन्। विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, मानवीय भावना तथा विपद्का समयमा एक–अर्कालाई सहयोग गर्ने संस्कारको विकास गर्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्र.अ. उमेश बुढाथोकीले ले प्रबुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूले ९ हजार २ सय २५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिएका छन्। सानो रकम भए पनि विपद्का बेला पीडितको साथमा उभिने विद्यार्थीहरूको प्रयासले मानवीय संवेदना र सामाजिक



















