व्यवसायी शंकर अग्रवाल जेलबाट छुटे

व्यवसायी शंकरलाल अग्रवाल जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी रकम बुझाएर अग्रवाल रिहा भएका हुन् । बैकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी रकम उनले बुझाएका हुन् । अदालतको पत्र आदेश अनुसार अग्रवाललाई बिहीबार साँझ रिहा गरिएको कारागार कार्यालय नख्खुका जेलर दीर्घराज उपाध्यायले रातोपाटीलाई बताए । उनले भने, ‘अदालतबाट पत्र प्राप्त भएपछि उहाँलाई रिहा गरेका छौँ ।’

अग्रवाललाई साउन ६ मा सीआईबीले डिल्लीबजारबाट पक्राउ गरेको थियो । अग्रवाल व्यवसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दामा उनलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको थियो । यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए।