गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै शर्माले सम्भावना कम भए पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिए। विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी भइरहेको उनले बताए।
भौगोलिक अवस्था कठिन, प्रविधिको अभाव तथा विषम परिस्थितिका कारण केही स्थानमा उद्धारमा ढिलाइ भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको बताएका उनले जानकारी दिए।


















