पहिरोले बन्चरेडाँडा जाने सडक अवरुद्ध, फोहोर बोकेका गाडी बिच बाटोमै रोकिए

पहिरो खसेर बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीहरू बिच बाटोमै रोकिएका छन् । फोहोर ढुवानी गर्ने सडकखण्ड अवरुद्ध भएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या सिर्जना भएको छ । सडक अवरुद्ध हुँदा ल्यान्डफिल साइटसम्म फोहोर बोकेका गाडी पुग्न सकेका छैनन् ।

बन्चरेडाँडा नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्छ । निरन्तरको वर्षाका कारण सडकमा पहिरो खसेपछि फोहोर ढुवानी प्रभावित भएको हो ।