सर्वोच्चमा नियुक्ति प्रक्रिया अघि बढ्दै, प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीको ओइरो

सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया संसदीय सुनुवाइको चरणमा प्रवेश गरेसँगै प्रस्तावित चार न्यायाधीशविरुद्ध आठ वटा उजुरी परेका छन् ।

संसदीय सुनुवाइ समितिले कात्तिक ९ गते उजुरी आह्वान गरेकोमा कात्तिक १९ गतेसम्म समयसीमा तोकेको छ । न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । समितिले प्राप्त उजुरी अध्ययन गरी चारै जनाको कार्ययोजना सुनेपछि नियुक्तिका लागि अनुमोदन गर्नेछ ।