भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ । शुक्रबार भेनेजुएलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरमा सेनाले आक्रमण गरेको थियो । सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग भएको शान्ति सम्झौतापछि भेनेजुएलामा भएको यो पहिलो आक्रमण हो ।
संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शवहरू छरिएका, रूखहरू ढलेका र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ ।
भेनेजुएला सरकारले यस विषयमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन ।


















