गोरखाको धार्चेमा सुक्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारू पुल नजिकै बगरमा भीषण सुक्खा पहिरो खसेको छ। आज बिहान करिब ९ बजे पहिरो खसेको हो । उक्त क्षेत्रमा बाटो बन्द रहेकाले पहिरोबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको स्रोतले जनाएको छ।

घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी टोली घटनास्थलमा पुगेको छ। पहिरोका कारण उक्त क्षेत्रको आवागमन प्रभावित भएको छ।