नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ बुधबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु हुने भएको छ। मंसिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने अभ्यासका लागि भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टको टोली सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुल पुगिसकेको छ।
२०६७ सालदेखि नेपाल र भारतमा पालैपालो हुँदै आएको यो अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा तालिम र अनुभव आदानप्रदान गरिनेछ। पछिल्लो पटक २०८२ मंसिरमा भारतको पिथौरागढमा अभ्यास सञ्चालन भएको थियो।


















