सर्लाहीमा आज बिहान अनियन्त्रित भई पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे गौशाला नगरपालिका-१० का सुरेश महतो (चालक)र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो ।
उनीहर आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला(२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।


















