सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई अदालत उपस्थित गराएको छ ।
कास्की प्रहरीले उनीसहित लीला पछाइ र रामबहादुर खनाललाई म्याद थपको लागि आज जिल्ला अदालत कास्की उपस्थित गराएको हो । उनलाई अब कति दिन म्याद थप हुन्छ भन्ने बारे आज बेलुकासम्म थाहा हुने छ । कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।


















