नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने भएको छ ।
बैठकमा उपनिर्वाचनको तयारी,पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव दिननाथ शर्माले जानकारी दिए । आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।


















