लिलाबल्लभलाई यती एयरलाइन्सको जहाज मार्फत काठमाडौँ ल्याइँदै

जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउन लागिएको छ ।

प्रदेश सभा सदस्य समेत रहेका उनलाई यती एयरलाइन्सको एटीआर विमान मार्फत काठमाडौँ ल्याउन लागिएको हो । यती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर–७८६ विमान मार्फत उनलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका एकजना अधिकृतले रातोपाटीलाई बताए । सो विमान मोरङ एयरपोर्टबाट २ बजेर ३० मिनेटमा काठमाडौँका लागि उड्नेछ । आजै उनलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको थियो ।