कतार एयरवेजले भोलीदेखि भैरहवामा दैनिक उडान गर्ने

मंगलबारदेखि कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।
कतारले सातामा सातैवटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेकोमा मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।
कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।