रुसले युक्रेनमा १२० मिसाइल र ९० ड्रोनसहित ठूलो हमला गरेको छ । रुसी आक्रमणमा युक्रेनको पावर सिस्टमलाई निशाना बनाइएको थियो । धेरै बिजुली प्लान्ट र ट्रान्सफर्मर नराम्ररी क्षतिग्रस्त भएको छ ।युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी मिसाइलले युक्रेनको नौतले आवासीय भवनमा प्रहार गरेको बताएका छन् । जसमा बालबालिकासहित १० जनाको मृत्यु भएको स्रोतले जनाएको छ ।
आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनले युक्रेनको राजधानी किभ, डोनेस्क, ल्भिभ, ओडेसालगायतका धेरै भागलाई निशाना बनाइएको थियो । प्रतिरक्षमा युक्रेनले १४० रुसी मिसाइल र ड्रोनहरू खसालेको जनाइएको छ ।


















