पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीबारे विवादास्पद विवरण सार्वजनिक गरेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै प्रकाउ गरेको हो ।
सीआईबीका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओलीबारे फेक भिडियो र डकुमेन्ट सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे ।


















