बढ्यो सुनचाँदीको मूल्य

मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार एक सय रूपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा ३५ रूपैयाँ बढेर प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।