काठमाडौं–१६ को युवक मावि मतदान केन्द्रमा मतदान गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह ।
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान भइरहेको छ । आज बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं १६ मा रिक्त पदका लागि बालाजुस्थित तरुण मावि मतदान केन्द्रमा मतदान गर्दै ।