धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान

जुम्लास्थित कर्णाली खेलकुद क्लबलाई धावक हरिबहादुर रोकायाले नि:शुल्क जग्गा दान गरेको छ । उनले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब रु ३५ लाख बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गरे ।

जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने जानकारी दिए। जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धावक रोकायाले बताउ ।