काठमाडौं महानगरपालिकाले पूर्वमेयर प्रेमलाल सिंह (पिएल) को सालिक निर्माण गर्ने भएको छ।महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।‘काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको ८८ वर्ष उमेरमा २०८१ पुस १ गते निधन भएको थियो । सिंह प्रजातन्त्र पुनस्र्थापनालगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए। उनकै पालामा काठमाडौं महानगरपालिकामा रूपान्तरण भएको थियो।
















