काठमाडौं, २५ पुस
मकवानपुर, हेटौंडा उपमहानगरपालिका(३ तिनताप्केबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका(१ बस्ने ४९ वर्षीय राम लाल मोक्तानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बा।प्र।०३(००१ ख २५७२ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बारा, प्रसौनी गाउँपालिका(५ प्रष्टोकाबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित भारत कोशीनगर थाना पटेर्वा ग्राम पञ्चायत बस्ने ३८ वर्षीय धर्मेन्द्र गुप्ता समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले प्रष्टोकाबाट बेलहियातर्फ आउँदै गरेको युपि ३२ बिएक्स ४७२६ नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका(१५ भट्टाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय शेर मोहमद र ३५ वर्षीय रामु साह रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















