धुलिखेलमा बस पल्टियो, चालक र सहचालक गम्भीर घाइते

काभ्रेको धुलिखेलमा बस पल्टिएको छ।

मंगलबार बिहान सवा ८ बजे धुलिखेल नगरपालिका–१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस पल्टिँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए।

बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।

दुर्घटना भएको खबरपछि प्रहरीको टोली खटिएको थियो। दुर्घटनामा घाइते भएका २४ जनालाई धुलिखेल अस्पतालमा पठाइएको हो। चालक र सहचालक गम्भीर घाइते छन्।

बस घटनास्थलमै छ भने सडक एकतर्फी सञ्चालनमा छ।