नेता बिनाको राजावादी आन्दोलन

पछिल्लो साता विभिन्न शहरमा निस्किएका राजावादीको जुलुसले नेपालमा राजतन्त्र पुनःस्थापनाको बिषय चर्चमा आएको छ । एकातर्फ अब नेपालमा राजतन्त्र पुनस्थापनाको सम्भावना छ कि छैन भन्ने बहस सुरु भएको छ भने अर्कोतर्फ यो माग संबिधान सम्मत हो कि होईन भन्ने समेत बहस सुरु भएको छ ।बहसमा गणतन्त्र ,संघियता र धर्मनिरपेक्षताका पक्षधरहरुले नेपालमा कुनै पनि हालतमा राजतन्त्र फर्कन दिन हुदैन भनिरहेका छन । राजावादीहरुको भने देशका तमाम समस्याको जड अहिलेको ब्यवस्था भएकोले यसको अन्त्य हुनु पर्दछ भनिरहेका छन ।
यसै गरी अहिले प्रम के पी ओली सरकारले शुशासनका दिन सकेको छैन । जसका कारण सरकार प्रतिको बिश्वास कमजोर हुन थालेको छ र यही मौका छोपेर राजाबादीले बिरोध सुरु गरेको देखिन्छ ।गणतन्त्र ,संघियता र धर्मनिरपेक्षताका पक्षधर शक्तिहरु जति–जति कमजोर हुँदै जान्छन्, त्यति नै राजाबादी बलियो हुने सम्भावना हुन्छ ।नेपालका राजावादीहरुले मूलत संबैधानिक राजतन्त्र , हिन्दु राष्ट्रको र,संघीय शासन प्रणालीको विरुद्धमा एकात्मक प्रणालीको पक्षमा वकालत गर्छन् । त्यसेले राजावादीहरुको आन्दोलन गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरुद्ध केन्द्रित छ् ।
ख्याल गर्नु पर्ने कुरा के छ भने राजतन्त्रको अन्त्यसँगै नयाँ संविधान बन्ने प्रक्रियामा नेपालका उत्पीडित वर्ग र समुदायमा जुन उत्साह पैदा भएको थियो, संविधान बने पछि त्यो उत्साहले निरन्तरता पाउन सकेको छैनै । उनीहरूले आफुहरुका मुद्दाहरूलाई संविधानमा पाखा लगाउने काम गरियो भनेका छन । त्यस पछिका सरकारले आम जनताको जीवनमा राहत सिर्जना गर्न सकेनन , भ्रष्टाचार, कमिसनखोरी, नातावाद बढ्यो । यस स्थितिमा आम जनतामा निराशा र आक्रोश जाग्नु स्वाभाविक हो । राजतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएकाहरूले उठाउने गरेको मुख्य मुद्दा पनि यह िहो । निरासा छ तर यसको मत्लव गणतन्त्र ,संघियता र धर्मनिरपेक्षताको बिरोध हो भन्ने होईन ।
त्यसो त राजतन्त्रलाई फर्काउन राजावादीहरूका अगाडि दुइटा बाटा मात्र छन् । एक, चुनाव जितेर दुईतिहाइ बहुमतबाट संविधान संशोधन गर्ने । दुई, विद्रोहबाट सत्ता कब्जा गर्ने । निर्वाचनबाट दुईतिहाइ मत ल्याउन सक्ने सम्भावना छन । विद्रोहबाट सत्ता कब्जा गर्न जनता विद्रोहमा उत्रिनुपर्यो, होइने भने वैदेशिक शक्तिहरू अगाडि आउनुपर्ने हुन्छ । वैदेशिक शक्तिहरूलाई राजतन्त्र ब्युँताएर फाइदा के हुन्छ र ? आजका सत्ताधारी पार्टीहरूले भन्दा बढी वैदेशिक शक्तिहरूलाइ दिनसक्ने राजतन्त्रसँग के विषय बाँकी छ र ? त्यसैले ‘राजा आऊ, देश बचाऊ’ भन्ने खालको राजनीति राप्रपाजस्ता पार्टीलाई केही भोट थपिदिने स्तरसम्म पुग्न त सम्भव छ, तर राजतन्त्र फर्काउने स्तरसम्म विस्तार हुन सम्भव छैन । नेपाली समाजमा असन्तुष्टि चुलिँदै गएको छ, यो सत्य हो । तर त्यो असन्तुष्टि राजतन्त्र ल्याउन होईन ।
अर्काे कुरा हरेक आन्दोलनका पछाडि एउटा संगठित शक्ति हुनैपर्छ र आन्दोलनमा एउटा भरपर्दाे नेतृत्वको टिम हुनैपर्छ । तबमात्रै आन्दोलनले राजनीतिक आन्दोलनको आकार लिन सक्छ । तर, अहिले आन्दोलन थालेका राजावादीहरुसँग सर्वस्वीकार्य नेता छैनन । नत एउटै पार्टी छ । राप्रपा पार्टी त छ, तर सडकमा दर्जन भन्दा बढी राजावादीहरु समुह छन । उनीहरु एकले अर्काेलाई अवसरवादी भनिरहेका छन् । एकले अर्कोलाई स्वीकार्ने स्थिति छैन । हरेक प्रदर्शनमा छोटेराजाको बिगबिगी छ ।
यो अवस्थामा राजावादीहरुसँग नेतृत्वको चरम संकट देखिन्छ । सर्वस्वीकार्य एवं भरपर्दाे नेतृत्वको अभाबका कारण राजावादीहरुको सडक आन्दोलन चर्चा गरे जस्तो उठ्दै सम्भावना देखिदैन । राजतन्त्र त फर्काउने, तर कसलाई राजा बनाउने, किन बनाउने ? यो प्रश्नमा राजावादीहरूभित्र अस्पष्टता छैन ।राजावादीहरु अहिलेकै जस्तो विकेन्द्रित÷विभाजित भएर अघि बढे भने उनीहरुको वास्तविक शक्ति जति छ त्यती पनि पाउने देखिने छैन । किनभने, संघीय गणतन्त्रको जरा गाउँसम्म फैलिइसकेको छ । त्यहाँ पनि फाईदा खाने धेरैछन ।आम जनता निरासा छ तर यसको मत्लव गणतन्त्र ,संघियता र धर्मनिरपेक्षताको बिरोधी छन भन्ने होईन ।