काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने ¥यालीमा आदित्यनाथको फोटा राख्न लगाएको आरोप राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले लगाएका छन । शाहीले फेसबुकमा लेखेका छन
’हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ । नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि।’
विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लागेको र माक्र्स, लेनिन, माओ कुन देशका हुन् ? भन्दै उनले प्रश्न पनि गरेका छन्।


















