आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन ,ठाउँठाउँमा प्रहरी चेकिङ

काठमाडौँ । काठमाडौँमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्दैछन् ।

दिउँसोबाट काठमाडौँको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काविरुद्ध प्रदर्शन गर्न लागेका छन् ।

आन्दोलनका लागि तयारी तीव्र पारिएको छ । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आन्दोलनका लागि दुवै पक्षले तयारी जारी राखेका छन् ।