एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो १ बजे आलोकनगरमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

हिजो चैत १६ गते शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाकारी दिए ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने पार्टीले जनाएको छ ।