सिरियामा इजरायली आक्रमणको निन्दा

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रुपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गरेको छ । उनले मानवता विरोधी कार्यको विरोध गर्दै आक्रमणको कारण निर्दोष नागरिकले ज्यान गुमाउनु परेको बताएको छ ।

त्यस्ता क्रियाकलापले यस क्षेत्रको शान्ति तथा नयाँ सिरिया निर्माण प्रयासलाई कमजोर बनाई संवेदनशील समयमा सिरियालाई अस्थिर बनाउने पेडरसनले विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष दूतले इजरायललाई यस्ता आक्रमणहरू रोक्न आह्वान गर्दै यस्ता काक्रमणले अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै सिरियाको सार्वभौमिकता र विद्यमान सम्झौताहरूको सम्मान गर्न एकपक्षीय आक्रमण रोक्न आह्वान गरेको छ ।

उनले सम्बन्धित पक्षलाई सुरक्षा सुनिश्चित गरी थप तनाव रोक्न कूटनीतिक समाधान र संवादलाई प्राथमिकता दिनसमेत आग्रह गरेको छ ।