संवैधानिक राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राप्रपाले आज काठमाडौंको बल्खुमा सभा गर्दै।

२६ चैत, काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । राप्रपाका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी छ ।‘११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किन्छ र १२ बजेदेखि सभा सुरु हुन्छ,’ राप्रपाका एक नेताले भने, ‘३० औं हजारलाई सभामा सहभागी गराउने गरी तयारी गरिएको छ ।’

सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन समेत गरेका थिए ।
राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिने बुझिउक्ँे छ । ।