अवैध लागूऔषध सहित १७ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुल सहित नागार्जुन नगरपालिका-७ हसनटार बस्ने लमजुङ वेसीसहर नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र/०२-०३१ प ९१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित मेरोसिटी अपार्टमेन्टको ब्लक सि को कोठा नम्बर ३०२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम र नगद ९० हजार रूपैयाँ सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बेलवारी नगरपालिका-८ घर भई काठमाडौं कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका-११ घर भई काठमाडौं पुरानो बानेश्वर बस्ने २१ वर्षीया सोनाम साह रहेका छन् ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ७ ग्राम ६१ मिलिग्राम सहित धनुषा महेन्द्रनगर घर भई बारा जीतपुरसिमरा उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय जुनेत अन्सारी भन्ने महमद अब्द खान समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

इटहरी उपमहानगरपालिका-१७ बिजला टोलबाट अवैध लागूऔषध खैरोहेरोइन ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो सोही ठाउँ बस्ने २४ वर्षीय अभिषेक कुमार चौधरी र रामधुनी नगरपालिका-३ बस्ने २२ वर्षीय मनिष तामाङ रहेका छन् ।

यसैगरी सुनसरी, भोक्राहा नरसिंह गाउँपालिक-६ ढलान रोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १४ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

तेह्रथुम, म्याङलुङ नगरपालिका-७ लाक्चाम टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र स्पास्मिड ४ सय ट्याब्लेट सहित सोही नगरपालिका-८ कोबेक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिरीबाट मोराहाङतर्फ जाँदै गरेको को।३८ प ५०९५ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ८० मिलिग्राम सहित गोदावरी नगरपालिका-१० बस्ने २३ वर्षीय महेश बोगटीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ सय ७० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-३ कुचैनीबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ७० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २१ वर्षीय अमिश सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कैलाली, जानकी गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।