फाईबरमा तार सर्ट हुँदा बसमा आगलागी

काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ ढुङ्गेअड्डा पिपलबोटमा बसमा आगलागी भएको छ । बिहीबार कलंकी देखि थानकोटतर्फ आउँदै गरेको बा.प्र.०३-०१-००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको सार्वजनिक बसको फाईबरमा तार सर्टभई आगलागी भएको प्रहरीले जनाएको छ ।

चन्द्रगिरी नगरपालिकाको दमकल, स्थानिय पानी ट्याङ्करको सहायताले प्रहरी र स्थानियहरु समेतले दिउँसो बसमा लोगेको आगो नियन्त्रणमा लिइएको प्रहरी बृत्त थानकोटका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले बताए ।

बस पूर्ण रुपमा क्षती भएको छ भने मानवीय क्षती भने हुन पाएन ।