शिक्षक-प्रहरीको झडपमा प्राइम टेलिभिजनकी संवाददाता कार्की घाइते

शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् ।

सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा लागेको थियो । उनको दुवै आँखामा गम्भीर चोट लागेको छ । कार्कीलाई सिभिल अस्पतालमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर लगिएको थियो ।

हाल उनको तिलगंगा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका प्रधान सम्पादक मुकुन्द दाहालले जानकारी दिए ।