अस्ट्रियाको ग्राज सहरको एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोली काण्डमा एघार जनाको मृत्यु भएको छ । यसलाई देशको अहिलेसम्मकै सबैभन्दा ठुलो गोलाबारी घटनाको रूपमा वर्णन गरिएको छ । यस घटनाका कारण अस्ट्रियामा तीन दिनको शोक घोषणा गरिएको छ । पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बुधबार स्थानीय समय अनुसार बिहान १० बजे देशभर एक मिनेट मौनधारण गरिनेछ ।
ग्राज आक्रमणमा कुल दश जनाको मृत्यु भएको थियो, बन्दुकधारीले अन्ततः स्कुलको शौचालयमा आफैलाई गोली हानेर आत्महत्या गरे । जसका कारण यस घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बन्दुकधारी विद्यालयको पूर्व विद्यार्थी भएको प्रहरीले बताएको छ । उनको उमेर लगभग २१ वर्ष थियो । उनले गोली चलाउन पेस्तोल र बन्दुक प्रयोग गरेका थिए ।
‘यस आक्रमणमा छ महिला र तीन पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार यस घटनामा अन्य १२ जना घाइते भएका छन्, जसमध्ये केही गम्भीर घाइते छन् ।’ गृहमन्त्री गेरहार्ड कर्नरले भने । आक्रमण भएको विद्यालय अर्को सूचना नभएसम्म बन्द रहनेछ अस्ट्रियाका शिक्षामन्त्री क्रिस्टोफ विडरकेहरले भनेका छन् ।

![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-600x400.jpg)









![यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित] यी हुन् मन्त्रिपरिषद्का सात निर्णय [सूचीसहित]](https://sannnews.com/wp-content/uploads/2026/09/Sann-news-99-150x150.jpg)






