इरानले जारी गरेको नोटमका अनुसार राजधानी तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द गरेको छ । नोटम भनेको विमान उडान गर्नुअघि सबै पाइलटहरूले पढ्नुपर्ने सूचना बुलेटिन हो।
तेहरानमा हालसम्म ६ देखि ९ वटा विस्फोट भएको रिपोर्ट आएको छ। सीएनएनका इसाक यीले भनेका छन्, ‘मैले व्यक्तिगत रूपमा कम्तिमा दुई विस्फोट सुनेको छु।’ विस्फोटहरू कुनै एक ठाउँमा मात्र नभई सहरका विभिन्न भागहरूमा भएका छन्। इरानी सरकारी टेलिभिजन आईआरआईबीले पनि विस्फोटहरू पुष्टि गरेको छ र घटनाका केही दृश्यहरू देखाएको छ।
सरकारी समाचार संस्था आईआरएनएले इजरायली हमलामा क्षति पुगेको भन्दै केही आवासीय भवनहरूको फोटो सार्वजनिक गरेको छ। तस्बिरहरूमा ती भवनहरूमा ठुलो क्षति देखिएको छ।


















