रास्वपाका सांसदहरूले वेल अगाडि प्रदर्शन

 

अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।

केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् ।

उनीहरू बसेरै नाराबाजी गरिरहेका हुन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् ।