सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि उडान तय

 

इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो ।

सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सचूना आएको थियो । त्यसपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए ।