बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ।


















